१५ चैत, काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख डोज कोरोना खोप दिएको छ । भारतले यसअघि १० लाख डोज खोप नेपाललाई अनुदान दिएको थियो । लगतै नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख डोज खरिद गरेको थियो, जसमध्ये १० लाख नेपाल आयो भने १० लाख आउन बाँकी छ ।

सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप आइतबार काठमाडौंमा आइपुगेको हो ।

सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यो खोप सेनाका लागि प्रयोग गरिनेछ । प्राथमिकता क्रम निर्धारण गरेर लगाइने र आश्रित परिवारलाई पनि दिइने उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय