
मनाङ जिल्लामा गण्डकी प्रदेश स्तरिय परम्परागत ताराखेल र घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषदको समन्वयमा डिस्याङ गाउँपालिका ६ मनाङमा हालै सो खेलकुद प्रतियोगिता सम्पन्न भएको हो ।

खेलकुद प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गर्नुभएको थियो । ताराखेल प्रतियोगितामा गण्डकी प्रदेशका बागलुङ्ग, मुस्ताङ्ग, म्याग्दी, मनाङ, कांस्की र पर्वत गरि ६ जिल्लाका खेलाडीहरुले भाग लिएका थिए ।

ताराखेलमा म्याग्दी जिल्लाले प्रथम स्थान हाँसिल गर्यो भने काँस्की जिल्लाले दोश्रो र मुस्ताङ्ग लिल्लाले तेश्रो स्थान हात पारे । यस्तै यस खेलमा सर्वाधिक स्कोर ल्याउनेमा प्रथम मुस्ताङ्गका राजेन्द्र शेरचन भए भने दोश्रो म्याग्दीका कृष्ण घर्तिमगर र तेश्रो पनि म्याग्दीकै दम प्रसाद पुन भएका थिए ।

यस्तै चर्चित घोडचढी खेल प्रतियोगितामा मनाङका सोनाम गुरुङले प्रथम स्थान हात पारे भने मनाङकै कर्मा टासी गुरुङ दोश्रो र मनाङकै कर्मा क्षेतर गुरुङ तेश्रो भएका थिए । विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।