नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमका बीच क्यानडा तथा स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाई गरेको छ । टोली आज क्यानडा प्रस्थान गर्दैछ । नेपालले क्यानडामा एक अभ्यास तथा दुई अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्नेछ । नेपालले १ जुलाईमा ओन्टारियो क्रिकेट एकेडेमी क्लबसँग अभ्यास तथा जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको हो ।

क्यानडामा खेलेपछि नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपाल, स्कटल्याण्ड र नामिबियासम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ । सार्वजनिक खेल तालिकाअनुसार नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्ड विरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाइ र चौथो तथा अन्तिम खेल स्कटल्याण्ड विरुद्ध १७ जुलाईमा खेल्ने छ ।

यही अवसरमा नेपाली अल स्टार्स स्पोर्टस् क्लबले नेपाल क्रिकेट संघ (क्यान) लाई २१ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेको छ । अल स्टार्सका म्यानेजिङ डाइरेक्टर सञ्जय शर्माले क्यानका कोषाध्यक्ष रोशन सिंहलाई चेक हस्तान्तरण गरेका हुन् । क्यानले यी दुवै भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

नेपाली टोली : सन्दीप लामिछाने(कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), कुशल भर्तेल, आसिफ शेख (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, आरिफ शेख,देव खनाल, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी, बसिर अहमद र किशोर महतो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय