टेलिचलचित्र ‘माया’  कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माण रहेको सार्वजनिक भएको छ ।जातिय भेदभावको कथावस्तु प्रस्तुत गरिएको टेलिचलचित्र समाजमा चेतना फैल्याउन उदेश्यले निर्माण भएको हो ।

प्रज्ञा फिल्मस्को ब्यानरमा बनेको टेलिचलचित्रमा हास्य(व्यङ्ग्य र मनोरञ्जनात्मक विषयवस्तु भरपूर समेटिएका छन् ।

प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रविना बस्ताकोटी, प्रिया वाइवा लगायत कलाकारको अभिनय टेलिचलचित्रमा देख्न सकिन्छ ।

‘यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव टेलिचलचित्रले बोकेको छ’ निर्माता प्रज्ञाले भनिन् , ‘साँचो प्रेम गर्नेहरुका लागि जातभातले रोक्नुहुन्न, विभेद अन्त्य हुनुपर्छ भन्ने मुल सन्देश यसले दिन खोजेको छ ।’

टेलिचलचित्रका लेखक तथा निर्देशक सरोज दाहाल हुन् ।

प्रज्ञा फिल्मस्को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक टेलिचलचित्रको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय