काठमाडौँ : नेपालबाट विदेश  रोजगारीको लागि जाने संख्या वृद्धि भएको छ।र्थिक वर्ष २०७८/०७९ मा  वैदेशिक रोजगार विभागका अनुसार

६ लाख २८ हजार ५०३ जनाले विदेश जान श्रम स्वीकृति लिएका छन्।

यो ५ वर्षयताकै ठूलो संख्या हो। यसअघि आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख ४२ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका थिए।

राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले रोजगारीको खोजीमा विदेशिएका युवालाई समान सुविधा र प्रबन्ध हुन नसकेको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राख्नुभयो ।

मानिस रहरले नभई बाध्यताका कारण विदेशिएको भन्दै उहाँले सरकार तथा सरकारी निकायले विभेद गर्न नहुने बताउनुभयो ।
विदेशमा श्रमिकको मृ-त्यु हुँदा श-व ल्याउनसमेत ठूलो समस्या रहेको भन्दै उहाँले सम्बन्धित परिवारको मानवीय पक्षलाई ध्यान नदिई बिचौलियाले अनेकन दुःख दिएकाले त्यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय