
नयाँ दिल्ली । दिनहुँ कोभिड संक्रमण भारतमा बढिरहेको छ । २१ हजार ८८० संक्रमित २४ घन्टामा कोभिडका कारण संक्रमित भएका छन् ।
योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।
भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ ।
कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ ।