
काठमाडौं । उपाधि दाबेदार लिभरपुल फुलह्यामसँग २०२२/०२३ सिजनको पहिलो खेलमा रोकिएको छ ।
२–२ गोलको बराबरीमा शनिबार साँझ भएको खेलमा लिभरपुल फुलह्यामसँग रोकियो ।
लिभरपुलले खेलमा पकड बनाए पनि फुलह्यामले घरेलु दर्शकमाझ काउन्टरमा बलियो दाबेदारी प्रस्तुत गर्यो ।
फुलह्याको लागि दुवै गोल एलेक्सान्डर मिट्रोभिकले गरे । ता, लिभरपुलका लागि डार्विन नुनेज र मोहम्मद सलाहले एक एक गोल गरे ।