काठमाडौं । राबाओ कपको तेस्रो चरणमा गत सिजनको उपविजेता चेल्सीसँग साविक प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले प्रतिस्पर्धा गर्ने भएको छ ।

सिटीले घरेलु इतिहाद रंगशालामा चेल्सीलाई निम्त्याउने छ ।

यसैगरी नटिङ्घम फरेस्टले टोटनहम तथा म्यानचेस्टर युनाइटेडले काराबाओ कपको तेस्रो चरणमा एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछन् । 

साविक विजेता लिभरपुलले लिग वानको टोली डर्बी काउन्टीसँग खेल्दा लिग टु का न्युपोर्ट काउन्टी र जिलिंगहम ले क्रमस:  लेस्टर सिटी र ब्रेन्टफोर्डको भ्रमण गर्नेछन् ।

प्रिमियर लिगको शीर्ष टोली आर्सनलले ब्राइटनको सामना गर्दा उल्भ्सले लिड्सलाई निम्त्याउनेछ ।

न्युक्यासलले क्रिस्टल प्यालेस तथा बर्नमाउथले एभर्टनसँग खेल्नेछन् । 

काराबाओ कपको तेस्रो चरणका खेलहरु नोभेम्बर ८ र १० मा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय