
काठमाडौं । बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली हटाउन पुगेको छ ।
महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो ।
शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।
महानगरको टोलीले बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ।