काठमाडौँ । शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा सञ्चालित बर्गर हाउस हटाउन निर्देशन  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएका छन् । 

अनधिकृत संरचना हटाउन महानगरको टोलीसहित बिहीबार बिहान शंखमूल र बानेश्वरको अनुगमनमा पुगेका मेयर शाहले सो निदेर्शन दिएका हुन् । महानगरकोटोलीले ३ घण्टापछि सामान प्याकिङ गरेको वा नगरेको हेर्न आउने समेत बताएको छ । 

तर, सो भवनका धनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् । 

पछिल्लाेसमय मेयर साह आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् ।

 गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रका अनधिकृत संरचना भत्काएको थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय