
काठमाडौं । दुई जनाको दाङ र उदयपुरमा डुबेर मृत्यु भएको छ ।
६ वर्षीय छोरा रोहित भण्डारीको दाङको लमही नगरपालिका–६ देउपुर बस्ने आफ्नै घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ ।
खेल्ने क्रममा उक्त कुलोमा डुबेर अशक्त भएका उनको तुलसी बाल अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीया लक्ष्मी सदाको मंगलबार दिउँसो मृत्यु भएको छ । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।