
काठमाडौं । तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा करेन्ट लागेर मृत्यु भएको छ ।
४२ वर्षीय हर्क बहादुर नेपालीको बर्दियाको मधुवन नगरपालिका–५ बस्ने करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।
आफ्नै घरको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
चितवनको राप्ती नगरपालिका–९ सितलटोल बस्ने ७५ वर्षीय राम बहादुर सार्कीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।
आफ्नै घरमा बत्तीको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।