
प्योङयाङ । उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान वाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।
‘उत्तर कोरियाले अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले आइतबार बिहान भने ।
उत्तरले सम्भावित ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै जापानको तटरक्षकले जनाएको छ ।
मे महिनामा पदभार ग्रहण गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियासँगको असफल कूटनीतिपछि संयुक्त राज्य अमेरिकासँग संयुक्त सैन्य अभ्यासलाई बढाउने वाचा गरेका छन्।