लमजुङ । लमजुङमा करिव २ हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । 

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि खटाइने म्यादी प्रहरी पदमा जिल्लाका १ हजार ७ सय ८६ जनाको आवेदन परेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार १ हजार ३ सय ४० जना पुरुष र ४ सय ४६ जना महिलाले आवेदन दिएका छन् ।

भदौ ३० गतेबाट असोज ६ गतेसम्म आवेदन खुलाइएको थियो । 

पुरुष २ सय २० र महिला ६० जनाले आवेदन दिएको प्रहरीले जनाएको छ ।

 म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिने जनाएको छ । 

असोज ७ गते शुक्रबार सम्पर्क मिति तोकिएको छ । छनोट भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ ।

प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय